शेख मकसुदकाे सक्रियतामा एसीजडित महशुल काउन्टर सुुचारु
कृष्णनगर, असाेज २० । नेपाल विद्युत प्राधिकरणले सेवाग्राहीका लागि एसी जडित महशुल काउन्टर तथा प्रतिक्षालय निर्माण गरि संचालनमा ल्याएकाे छ।
सेवाग्राहिलाई घाममा काउन्टर अगाडि उभिएर शुल्क तिर्न समस्या भइरहेकाले वातानुकुलित विद्युत महशुल काउन्टर निर्माण गरिएकाे कार्यालय प्रमुख शेख मकसुद अालमले बताउनुभयाे । दैनिक हजारौं ग्राहक अाउने कृष्णनगर वितरण केन्द्रबाट कुल पांच स्थानिय तहका झण्डै ४३ हजार ग्राहकलाई महशुल तिर्न मनाेवैज्ञानिक स्तरले सुलभ हुने उद्देश्यले प्रतिक्षालयमा एसी जडानका साथै टिभी पनि उपलब्ध गराइएकाे प्रमुख अालमकाे भनाई छ।
विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख अालम अाएदेखिन गत अार्थिक बर्षमा कुल १४५० जना विपन्न परिवारलाई निशुल्क मिटर वितरण गरेका छन । उनले महाराजगंज नगरपालिकामा निर्माण सम्पन्न भईसकेकाे सब स्टेसनलाई संचालनमा ल्याई भाेल्टेजमा सुधार गर्नुका साथै विजयनगर गाउपालिकाकाे अमलाहवामा नया प्रशारण लाइन जडान गरि गाउंबासीमा विद्युतकाे पहुँच बनाएका छन ।
प्राधिकरणले गाउंतिर राति हुकिंङ गर्दा हुने विद्युत चुहावट न्युनिकरणका लागि अनुगमन टाेली खटिएकाे र चाेरी चुहावट गरेकाे पाइएमा कानुन अनुसार कार्यवाही गरिने टाेलिका सदस्य बजरंगी माैर्याकाे भनाई छ। कर्मचारि परिचालन गरेर प्रत्येक दिन अनुगमन गरिएकाले केहीस्तरमा चुहावट नियन्त्रणमा अाएकाे भएपनि निगरानी निरन्तर रहने माैर्याले बताएका छन ।

