गृहमन्त्री रवि र अर्थमन्त्री वर्षमानको बर्खास्तीको मागसहित नेविसंघले ललितपुरमा निकाल्यो राँके जुलुस
काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको बर्खास्तीको माग गर्दै राँके जुलुस निकालेको छ।
सहकारीको रकम अपलचन आरोप लागेका गृहमन्त्री लामिछाने र सुनकाण्डमा मुछिएका अर्थमन्त्री पुनलाई तत्काल बर्खास्त गर्नुपर्ने मागसहित ललितपुरस्थित पाटन संयुक्त क्याम्पस अगाडि राँके जुलुस निकालिएको नेविसंघ ललितपुर अध्यक्ष सरोज घोरासैनिले जानकारी दिए।
‘गठबन्धन सरकार मन्त्रीहरु सहकारी रकम अपचलन, सुन तस्करी, दोहोरो नागरिकता लगायतका काण्डै काण्डमा मुछिएका छन् । आरोप लागेका मन्त्रीलाई पदबाट बर्खास्त गरिनुपर्छ भन्ने हाम्रो माग हो,’ नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए।
Facebook Comments Box
