पुर्वउपराष्ट्रपति पुत्र दीपेश पुनलाई आठ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं ।
सुप्रिम सहकारी ठगी प्रक्ररणमा मुछिएका दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले अनुमति दिएको छ।
काठमाडौंबाट शुक्रबार पक्राउ परेका दीपेशमाथि प्रहरीले सहकारी हिनामिनामा अनुसन्धान गरिरहेको छ। रुपन्देहीस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनाको अनुसन्धान गर्न रुपन्देही प्रहरीले दीपेशलाई हिरासतमा राखेको हो। ८३ करोड रुपैयाँ हिनामिना भएको भन्दै एक हजार ७३० सहकारीपीडितले उजुरी दिएका थिए। दीपेश यो सहकारीका संस्थापक कोषाध्यक्ष हुन्। सोही सहकारीका संस्थापक अध्यक्ष जिबी राई भने फरार छन्।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशमाथि सुन तस्करीमा संलग्न रहेको आरोपमा पनि अनुसन्धान गर्ने प्रहरीको तयारी छ।
Facebook Comments Box
