पाँच प्रदेशमा आज वर्षाको सम्भावना, चिसो अझ बढ्ने

सेयर गर्नुहोस

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो देशका पाँच प्रदेशमा वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति कर्णाली प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।

धेरै भागमा पानी पर्ने र हिमपात हुने कारण चिसो थप बढ्ने महाशाखाले जनाएको छ।

Facebook Comments Box