गाजामा युद्ध अन्त्यका लागि चार देशका अधिकारी पेरिसमा
गाजामा चर्किएको युद्ध अन्त्यका लागि फ्रान्सको पेरिसमा अमेरिका, इजरायल, इजिप्ट, कतारका अधिकारी छलफलमा जुटेका छन्।
अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुखका साथै शीर्ष इजिप्ट, कतारी र इजरायली अधिकारीहरूले गाजामा युद्धविरामका लागि आइतबार पेरिसमा कुराकानी अगाडि बढाएका हुन्।
फ्रान्सेली अधिकारीहरू पनि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीचको शत्रुता रोक्न वार्ता गर्ने उद्देश्यले यी चार देशसँग नियमित सम्पर्कमा रहेको बताइएको छ।
Facebook Comments Box
