पाकिस्तानले इरानस्थित आफ्ना राजदूतलाई फिर्ता बोलायो
इरानले दुईजनाको ज्यान जाने गरी आक्रमण गरेलगत्तै पाकिस्तानले तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने घोषणा गरेको छ। इरानले बलोचिस्तान प्रान्तमा क्षेप्यास्त्र प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएपछि पाकिस्तान आक्रोशित बनेको हो।
हमलालगत्तै पाकिस्तानले इरानी आक्रमणको निन्दा गरेको छ । पाकिस्तानको विदेश मन्त्रायले दुई देशबीचको वर्तमान र भविष्यमा हुने सबै उच्चस्तरीय ‘भ्रमण रद्द’ भएको घोषणा गरेको छ।
इस्लामावादस्थित विदेश मन्त्रालयले आफ्नो हवाइ सीमाको हवाइ उल्लंघन पूर्णतया स्वीकार्य नहुने भन्दै त्यसको सम्भावित ‘गम्भीर परिणाम बेहोर्नुपर्ने’ चेतावनी दिएको बीबीसीले जनाएको छ।
Facebook Comments Box
