भारतले आगामी ५ वर्षमा ५० वटा स्याटेलाइट लञ्च गर्ने
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आगामी ५ वर्षमा ५० वटा स्याटेलाइट लञ्च गर्ने भएको छ।
बीबीसीका अनुसार इसरोका प्रमुख एस सोमनाथले गोप्य सूचना सङ्कलनका लागि भारतले आउने ५ वर्षमा ५० वटा स्याटेलाइट लञ्च गर्ने बताए।
ती स्याटेलाइटलाई फरकफरक कक्षमा स्थापित गरिनेछ र हजारौं किलोमिटरको क्षेत्रमा सेनाको गतिविधि र तस्विर खिच्ने क्षमता राख्ने पनि इसरो प्रमुख सोमनाथले बताए।
उनले यस्ता स्याटेलाइट हुनु महत्त्वपूर्ण रहेको भन्दै आर्टीफिशियल इन्टेलिजेन्सद्वारा तथ्याङ्क विश्लेषणको क्षमता बढाउन यसले मद्दत गर्ने पनि उल्लेख गरे।
Facebook Comments Box
