चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीकाे कडा नियन्त्रणमा, बन्द गर्‍यो ३४ हजार अनलाइन

सेयर गर्नुहोस

एजेन्सी ।
अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले अप्रिलमा सुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाताहरू बन्द गरेको छ ।

यस्तै, ६ हजार ३०० भन्दा बढी व्यक्तिहरूलाई त्यससँग सम्बन्धित अपराधमा कारबाही गरेको राज्यका विभिन्न सञ्चारमाध्यमले शुक्रबार उल्लेख गरेका छन् ।

चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ । सामाजिक स्थायित्वको रक्षाको नाममा सामाजिक सञ्जालको व्यापक सेन्सरसिप गरिएको र प्रायः नकारात्मक कथन र आलोचनालाई दबाउन यसो गरिएको बताइन्छ ।

‘अहिलेसम्म देशभरका सार्वजनिक सुरक्षा निकायले ४ हजार ८ सयभन्दा बढी अनलाइन अफवाहबाट घटनामा अनुसन्धान गरी अफबाह फैलाउने ६ हजार ३ सयभन्दा बढीलाई कानुन बमोजिम कारबाही गरेको छ ।

साथै ३४ हजार अवैध खाता बन्द गरेको पनि सीसीटीभीले जनाएको छ ।

Facebook Comments Box