भारतिय गोर्खामा रोक , २०० नेपाली रुसी सेनामा कसरी ?
भारतिय सेनामा रोक तर रुस कसरी पुगे २०० नेपालीहरु ? भन्ने प्रश्न उठ्न थालेकाे छ । युक्रेन र रुसमा जारी रहेको युद्धमा नेपालीहरुको मृत्यु पछि खुल्यो ठुलो रहस्य । कति नेपालीहरु रुसी सेनाको तर्फ बाट लडाइँ गर्दा युक्रेनको कब्जामा परेका छ्न । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या दुई सय रहेको औपचारिक जानकारी आएको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरु रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको अध्ययन र खोजीकार्य भइरहेको बताए ।
प्रधानमन्त्री दाहालले रुसी सेना बनेका नेपालीहरु कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरु युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको बताए ।उनले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि बताए । प्रधानमन्त्रीले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको बताए ।
