भारतिय प्रधानमन्त्री र इटलीका प्रधानमन्त्रीको सेल्फी भाइरल
एजेन्सी – इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग सेल्फी साझा गरेकी छन्। आफ्नो एक्स ह्यान्डलमा यो सेल्फी सेयर गर्ने क्रममा पीएम मेलोनीले #मेलोडी ह्यासट्याग प्रयोग गरेका छन्। उनले क्याप्सनमा पनि लेखेका छन्, “COP28 मा असल साथीहरू।” सेल्फीमा दुवै मुस्कुराउँदै देखिएका छन्।
यो सेल्फी पीएम मेलोनीले सेयर गर्नेबित्तिकै भाइरल भयो । यसमा ठूलो संख्यामा प्रयोगकर्ताले टिप्पणी गरिरहेका छन् । इटालीका पीएम मेलोनीले दुबई, संयुक्त अरब इमिरेट्समा आयोजित वल्र्ड क्लाइमेट एक्शन समिट (कोप २८ शिखर सम्मेलन) को अवसरमा प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए।
यसअघि भारतिय पीएम मोदीले ह्यान्डलमा मेलोनीसँगको तस्बिर सेयर गरेका थिए दिगो र समृद्ध भविष्यको लागि भारत र इटाली बीचको सहयोगी प्रयासहरूको आशा बढने बताए ।
कोप २८ शिखर सम्मेलनमा भाग लिएर भारतका प्रधानमन्त्री मोदी स्वदेश प्रस्थान गरेका छन् । मोदीले विश्व जलवायु कार्य शिखर सम्मेलनको उद्घाटन सत्र, राज्य र सरकार प्रमुखहरूको उच्चस्तरीय सत्र, COP28 मा ‘ट्रान्सफर्मिङ क्लाइमेट फाइनान्स’ को सत्र र LeadIT (उद्योग रूपान्तरणको लागि नेतृत्व) को एक कार्यक्रमलाई सम्बोधन गरे। ।
यस क्रममा प्रधानमन्त्रीले स्वच्छ र हरित विकासलाई प्रवर्द्धन गर्ने उपायबारे छलफल भएको विदेश सचिव विनय क्वात्राले जानकारी दिए । शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न नेताहरूसँगको भेटमा द्विपक्षीय र क्षेत्रीय हितका विषयमा पनि छलफल भएको उनले बताए ।
