भारतकाे दबावमा अफगानिस्तानी दूतावास बन्द

सेयर गर्नुहोस

भारतले अफगानिस्तान दूतावास र कूटनीतिक मिशनलाई स्थायी रूपले बन्द गरेको छ। भारतको राजधानी नयाँ दिल्लीमा रहेको अफगानिस्तानका राजदूत फरीद मामुन्दजईले शुक्रवार यस विषयमा जानकारी दिएका छन्। उनले दूतावास बन्द गर्ने फैसला तत्काल लागू हुने पनि बताए।

सशस्त्र समूह तालिबानले सत्ता कब्जा गरेदेखि भारत सरकारको तर्फबाट लगातार चुनौती आउन थालेपछि ३० सेप्टेम्बरदेखि दूतावास बन्द गरिएको भन्दै फरिदले भारत सरकारले भिसाको समयावधि नबढाए पछि दूतावास सँधैका लागि बन्द गर्नुपरेको बताए।

अफगानिस्ताको सत्तामा तालिबानले कब्जा गरेपछि भारतले बारम्बार अफगानिस्तानलाई दूतावास बन्द गर्न चेतावनी दिँदै आएको थियो।

Facebook Comments Box