बैंक चहियो भन्दै बहादुरगन्जका युवाहरु प्रशासनमा

सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक २६,
कपिलवस्तुको ऐतिहासिक स्थल बहादुरगन्जमा बैक चहियो भन्दै स्थानिय युवाहरु जिल्ला प्रशासन कार्यलय पुगेका छन । द्धन्द्धकालका विस्तापित भएको नेपाल राष्ट्रिय वाण्ज्यि बैक पुनं सञ्चालन गर्नुपर्ने भन्दै बहादुरगन्जका युवाहरु प्रशासन कार्यलय गई बैक माग गरेका हुन ।
तत्कालिन नेकपा माओवादीको डरत्रासले बहादुरगन्जको बैक तोलिहवामा सरेको थियो । बहादुरगन्जमा बैकं नहुदा यहाका मनिसहरु तौलिहवा चन्द्रौटा र कृष्णनगर जानु पर्ने बाध्यता रहेको भन्दै स्थानिय युवा निर्भय सिहंको नेतृत्वमा युवाहरु प्रशासन कार्यलयमा डेलीगेसन गएका हुन ।
किसानहरुको बहुल्यता रहेको बहादुरगन्ज क्षेत्रमा बैकको अति अवाश्यक्ता रहेको महसुस गर्दे आफुहरु पटक,पटक विभिन्न निकायसगं भन्दा कुनै सुनुवाई नभएपछी प्रशासन पुगेको निर्भय सिहंले बताउनु भयो ।
यहा बैक नहुदा पैशा लिएर यताउता जादा आफुहरु असुक्षित भएको स्थानिय राज तिवारीले बताउनु भयो ।
बहादुरगन्जमा बैक भएपछी कपिलवस्तुका पश्चिम क्षेत्रमा रहेका आधा दर्जन गाविस वासीहरुले लाभ लिने छन ।
पन्चायत कालमा बहादुरगन्जमा आधा दर्जन सरकारी कार्यलय स्थापन भएका थिए । सबै कार्यलय सदरमुकाम सरेपछी बहादुरगन्ज वासीहरुलाई समस्या भएको छ ।
यता सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर बुढाथाकीले प्रशासन कार्यलय पुगेका युवाहरुलाई धन्यावाद दिदै बहादुरगन्जमा वाण्ज्यि बैक पुनं स्थापन गर्नका लागि पहल गर्ने बताउनु भयो ।
