चीनमा जिम्मेवार मन्त्रीहरु वेपत्ता हुँदै, विदेशमन्त्रीपछि चिनियाँ रक्षामन्त्री ली साङ्फु ‘बेपत्ता’
एजेन्सी । चिनियाँ सरकारमा जिम्मेवार मन्त्रीहरु विस्तारै विस्तारै वेपत्ता हुने क्रम सुरु भएको छ । यसैक्रममा विदेशमन्त्री पछि रक्षामन्त्री पनि वेपत्ता भएको समाचारहरु प्रकाशमा आइरहेका छन् ।
चीनका रक्षामन्त्री ली साङ्फु कम्तिमा दुई साता देखि सार्वजनिक रूपमा देखिएका छैनन् । रिपोर्टका अनुसार ली साङ्फु अन्तिम पटक अगस्ट २९ मा बेइजिङमा भएको चीन–अफ्रिका फोरममा भाषण दिंदै देखिएका थिए ।
चिनियाँ विदेशमन्त्री किन ग्याङलाई जुलाईमा बर्खास्त गरिएपछि उनी केही महिनादेखि “बेपत्ता“ भएको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिंगको अति महत्वाकाँक्षी नेतृत्वको विरोध गर्नेहरुलाई चीनमा वेपत्ता पारिदै गएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ । यसरी जिम्मेवार मन्त्रीहरु वेपत्ता भईरहदा चिनियाँ सरकार माथि गम्भीर प्रश्न चिन्हहरु खडा भएका छन् ।
Facebook Comments Box
