भारतको कुल गार्हस्थ्य उत्पादन ७.८ प्रतिशतले वृद्धि
एजेन्सी,
नयाँ दिल्ली ।
भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अप्रिल—जुन त्रैमासमा ७.८ प्रतिशतले वृद्धि भएको छ।
यो जनवरी—मार्च त्रैमासिकमा भएको ६.१ प्रतिशत जिडिपी वृद्धिदरभन्दा उच्च हो। तर, अघिल्लो वर्षको अप्रिल—जुन त्रैमासिकमा रेकर्ड गरिएको १३.१ प्रतिशतभन्दा धेरै कम हो।
बिहीबार जारी तथ्यांकले भारतीय अर्थतन्त्रको वृद्धिमा अर्थमन्त्री निर्मला सीतारमणको देन रहेको बताइएको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल
Facebook Comments Box
