अमेरिकी प्रतिनिधिमण्डलद्वारा निर्वासनमा रहेका तिब्बती संसदका उपसभामुखसँग भेटवार्ता

सेयर गर्नुहोस

धर्मशाला । संयुक्त राज्य अमेरिकाको एक प्रतिनिधिमण्डलले निर्वासनमा रहेका तिब्बती संसद्का उपसभामुखसँग भेट गरेका छन्। तिब्बत मुद्दाका लागि संयुक्त राज्य अमेरिकाका विशेष संयोजक तथा उपमन्त्री उज्रा जेयाका वरिष्ठ सल्लाहकार रायन फियोरेसी, तिब्बत कार्यालय (ओओटी), वाशिंगटन डीसीका प्रतिनिधि डा. नामग्याल चोएडुप र तिब्बतका लागि अन्तर्राष्ट्रिय अभियानका अध्यक्ष टेन्चो ग्यात्सोले निर्वासित तिब्बती संसदको भ्रमण गरी उपसभामुख डोल्मा छिरिङ तेखाङ र स्थायी समितिका सदस्यहरूसँग भेटवार्ता गरेका हुन्।

उनीहरूले भेटमा साझा चासोका महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गरे र प्रश्नोत्तर सत्र मार्फत विचार आदान प्रदान गरेका छन्। उपसभामुख डोल्मा छिरिङ तेखाङले केन्द्रीय तिब्बत प्रशासन (सीटीए) तिब्बती जनताको वास्तविक प्रतिनिधि भएको र सीटीएको सिटमा अमेरिकी प्रतिनिधिमण्डलको उपस्थितिले तिब्बतको मुद्दा अझै जीवित रहेको कुरा विश्वलाई बलियो सन्देश दिएको तथ्यलाई प्रकाश पारिन्।

परमपूज्य दलाई लामाको नेतृत्वमा तिब्बतीहरूले प्रतिकूल परिस्थितिमा पनि कसरी दया र लचकता देखाएका छन् भन्ने वर्णन गर्दै उपसभामुखले तिब्बत अहिंसा, शान्ति र सत्यताका कारण महत्वपूर्ण भएको बताइन्।

तिब्बतभित्र तिब्बतीहरूको अदम्य साहस र दृढ संकल्प र परम पावन दलाई लामाप्रतिको विश्वास पहिलेभन्दा बलियो भएको भन्दै उपसभामुखले कम्युनिष्ट शासनमा उस्तै दुःख भोगिरहेका चिनियाँ जनताप्रति तिब्बतीहरूको सहानुभूति र ऐक्यबद्धता रहेको बताएकी छन्।

‘हाम्रो सङ्घर्ष अहिंसात्मक दृष्टिकोण र शान्तिको प्रतीक हो’, उपसभामुखले तिब्बतसँग सम्बन्धित धेरै कार्यहरू पारित गर्नमा द्विपक्षीय समर्थनका लागि संयुक्त राज्य अमेरिकाप्रति कृतज्ञता व्यक्त गर्दै र भारतले पनि त्यस्तै अपनाउनु आवश्यक रहेको बताइन्।

मानवअधिकार उल्लंघनका लागि चीनलाई जवाफदेही बनाउन उपसभामुखले समान विचारधाराका शक्तिहरूको बहुपक्षीय दृष्टिकोणले चीनको अत्याचारका लागि ऐना देखाउन र राष्ट्रसंघको बडापत्र लगायतका अन्तर्राष्ट्रिय कानूनको पालना गराउनु पर्नेमा जोड दिइन्।

उपसभामुखले तिब्बत भित्रका तिब्बतीहरूले भोग्नुपरेका औपनिवेशिक बोर्डिङ स्कुलहरूले तिब्बती बालबालिकालाई कम्युनिष्ट विचारधाराको सिकाएर उनीहरूको आफ्नै संस्कृति, भाषा, धर्म र सम्पदाबाट अलग्याउँदै आएका केही दबाबपूर्ण मुद्दाहरूमा पनि कुरा गरिन्। यो समाचार नेपालपाना बाट लिएका हौ ।

Facebook Comments Box