किमथंकामा अनाधिकृत चिनीया संरचना
चीनले नेपालमाथि गर्दै आएकाे कैयौं गैरवैधानिक गतिविधि
हरु नेपाली जनताको निम्ति अनभिज्ञ विषय हुनु नाैलाे कुरा हाेइन । यसमा नेपालको मूलधारमा रहेको संचार क्षेत्र देखि नोकरशाहहरूको सोझो भूमिका रहेको तथ्य पनि जग जाहेर नै छ। चीनका यस्ता गतिविधिहरूमा नेपाली नागरिकमाथि अन्याय अत्याचार गर्नु, नेपालमा गैर वैधानिक क्रियाकलापहरु संचालनमा ल्याउनु, अनाधिकृत माध्यमद्वारा आर्थिक लेनदेन गर्नु जस्ता अनेक विषयहरु पर्दछन्। यस्ता दिनहुँ विश्वस्तर मै चलिरहने चीनको अत्याचारी व्यवहार त छदै छन । यसका अतिरिक्त नेपाली भूमिमाथि हस्तक्षेप र अतिक्रमण गर्ने क्रम चीनले कायम राखेको छ।
हुम्लाको रुई गाउँकाे अतिरिक्त अन्य
कैयाैं स्थानमा चीनले नेपाली भूमि अतिक्रमण गरेको छ
सरकारलाई यसको पूर्णतः जानकारी रहँदा रहदैं पनि
यसको विरोधमा पहल गर्न कुन शक्तीले व्यवधान सृजना
गरेको छ त्याे एउटा रहस्यमय प्रश्न हो । नेपाली जनमानस
साधारणतः शान्तिप्रिय र ” बांच अनि बाँच्न देउ”‘ को
सिद्धान्तमा हिँड्ने समुदाय हो । नेपालीको मुलभूत जैविक प्रवृति
भनेको आफ्नो राष्ट्रप्रतिको वफादारिता र राष्ट्रको माया
हो । आफ्नो भूभागको निम्ति प्राणसम्म अर्पण गर्ने याे वीर जाति चीनको अत्याचारी प्रवृत्तिप्रति किन यति मौन भएर बस्न सक्छ ?
हुम्लाका अतिरिक्त चीनले संखुवासभा जिल्लाकाे किमथंका अन्तर्गत क्षेत्रमा आफ्नो संरचनाहरू निर्माण गरेको तथ्य फेला परेको छ। चीनले नेपालको भूमिमा अनाधिकृत अध्यागमन कार्यालय बनाएर संचालनमा ल्याएको छ। अरुण नदीले छुट्याएको सिमाना अतिक्रमण गरि आफ्नो कार्यक्रम संचालनमा ल्याउनु नेपालको सार्वभौमिकता माथि ठूलो प्रहर हो। साेचनिय बिषय के छ भने यस कार्यालय वरिपरि जुन स्वयं नेपाली भूमि माथि ठड़िएको छ, त्यहाँ नेपाली नागरिकहरूको आवगमन प्रतिबन्ध गरिएको सूचना पट नै लगाइएको पाइन्छ । एउटा स्वतन्त्र राष्ट्रको सिमाना क्षेत्र अनाधिकृत त्वरले कब्जा गरि आफ्नो संरचना खड़ा गर्नु एवं नेपाली नागरिकहरू माथि प्रतिबन्ध लगाउनु जस्ता दुसाहस अत्यन निन्दनीय छ । सरकारले यस तथ्यप्रति आफ्नो धारणा स्पष्ट गर्नु अति वाञ्छनीय ठहर्दछ ।
