नेकपा विभाजनको विश्लेषण गर्न ओलीको माग

सेयर गर्नुहोस

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन्।​

आइतवार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा विभजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उनले विभाजनका कारणको यथार्थ विश्लेषण गरे भविष्यलाई राम्रो हुने स्पष्ट पारे।

उनले नेकपा विभाजन हुनुको कारण स्वचालित वा परचालित भन्ने विश्लेषण जरुरी रहेको बताए।

उनले भने, ‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो। त्यो विभाजन यसले यसो भन्यो, उसो भन्यो भनेर मात्रै हुँदैन। त्यसका पछाडिका कारण र उद्देश्य के थिए‚ किन विभाजन गरियो ? त्यसमा आन्तरिक कारण कति थियो ? बाह्य कारण कति थियो ? रिमोट कन्ट्रोल कति थियो? हामीले यो सबै कुराको यथार्थ विश्लेषण गर्‍यौँ भने त्यसले भविष्यलाई राम्रो हुन्छ।’

अध्यक्ष ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्न सके राम्रो हुने बताए।

Facebook Comments Box