नेपाली क्रिकेट टोलीसँग सँगै खाना खाने निम्ता दिँदै ओलीले भने- एउटा असफलता यात्राको अन्त्य होइन

सेयर गर्नुहोस

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई निराश नहुन आग्रह गरेका छन्।

आईसीसी एक दिवसीय विश्वकपमा सहभागी हुन नपाए पनि नेपाली टोलीको मिहिनेत कमजोर नरहेको बताउँदै ओलीले एउटा असफलता यात्राको अन्त्य नहुने उल्लेख गरेका हुन्।

हाम्रो यात्रा जारी छ भन्दै ओलीले नेपाली क्रिकेट टोलीलाई स्वदेश फर्केपछि सँगै खाना खानेगरी भेट्ने प्रस्ताव पनि गरेका छन्। उनले खराब इन्टरनेटका बावजुद नेपाल र नेदरल्यान्ड्सबीचको खेल आफूले लाइभ हेरेको पनि जानकारी दिएका छन्।

मिहिनेतलाई जननी र परिणामलाई शीशुको भएको उल्लेख ओलीले कहिलेकाहीँ मिहिनेतका बावजुद पनि परिणाम प्राप्त नहुन सक्ने बताएका छन्।

‘हिजो मैले नेपाली टिम र नेदरल्यान्ड्सबीचको खेल लाइभ हेरेँ। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तै पनि हेरेँ। आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ। मिहिनेत जननी हो भने परिणाम शीशु। कहिलेकाहीँ मिहिनेतका बावजुद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन।’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मिहिनेत कमजोर थिएन। मिहिनेतका लागि धन्यवाद नेपाली क्रिकेट टिम। नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।’

Facebook Comments Box