कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

सेयर गर्नुहोस

विजयनगर । कपिलवस्तुमा करेन्ट लागेर २४ वर्षीय एक पुरुषको मृत्यु भएकोे छ । जिल्लाको विजयनगर गाउँपालिका ५ जोगिनीया बस्ने अलाउद्दीन धुनियाँको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

स्थानीयका अनुसार बुधबार बिहान करिब ११ बजे उनलाई करेन्ट लागेको हो । प्रहरीका अनुसार कृष्णनगर ४ सिर्सिहवामा पिपिसी बाटो ढलान गर्ने क्रममा मिक्चर मेसिन विद्युतको तारमा छोएर करेन्ट लागेर मृत्यु भएको हो । घाइते धुनियाँको उपचारको क्रममा स्थानीय अस्पताल कृृष्णनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्युतको तारमा छुँदा मृतक अलाउद्दीन धुनियाँसहित ७ जना थप घाइते भएका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचारपछि घर पठाइएको थिए ।

Facebook Comments Box