जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

सेयर गर्नुहोस

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ।

बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

यो बैठकमा विधान अधिवेशनको तयारीबारे छलफल हुनेछ। यस्तै असार ९ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने एजेण्डा पनि छ।

समसामयिक राजनीति परिस्थितिका विषयमा पनि छलफल गर्ने एजेण्डा पनि रहेको बस्नेतले जानकारी दिए।

Facebook Comments Box