९ जना पूर्वउपकुलपतिको ठहर, शैक्षिक संस्थाको आपराधिक कामलाई सरकारले नै प्रोत्साहन गर्‍याे

सेयर गर्नुहोस

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका नौ जना पूर्वउपकुलपतिहरूले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेहरूको मुद्दा सरकारले फिर्ता लिएकोमा आपत्ति जनाएका छन् ।

आज बुधवार एक विज्ञप्ति निकालेर पूर्वउपकुलपतिहरूले उपप्राध्यापक चलाउनेमाथि विश्वविद्यालय परिसरमै कुटपिट गर्नेहरूलाई संरक्षण गरेको र ज्यान मार्ने कसुरको मुद्दा फिर्ता लिएको भन्दै सरकारको भर्त्सना गरेका छन् । सरकारको यो कदम निन्दनीय भएको उनीहरूको ठहर छ ।

शैक्षिक संस्थामा हुने अनुशासनहीनता, अमर्यादित एवम् आपराधिक कामहरूलाई प्रोत्साहन गर्ने मन्त्रिपरिषद्को निन्दनीय निर्णयबाट सरकार स्वयम् अपराधको पक्षपाती भएको देखिएको पूर्वउपकुलपतिहरूको भनाइ छ । मुद्दा फिर्ता लिने सङ्घीय सरकारको निर्णय तुरुन्त फिर्ता लिन माग गर्दै पूर्वउपकुलपतिहरूले प्रेम चलाउनेको अनशनप्रति ऐक्यबद्धता पनि जनाएका छन् ।

विज्ञप्तिमा पूर्वउपुकुलपतिहरू अर्जुन कार्की, त्रिरत्न मानन्धर, तोरणबहादुर कार्की, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी, खगेन्द्र भट्टराई, नवीनप्रकाशजंग शाह, हिराबहादुर महर्जन र केदारभक्त माथेले हस्ताक्षर गर्नुभएको छ ।

Facebook Comments Box