योग दिवसमा राष्ट्रपतिको शुभकामना
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन योग आवश्यक रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय योग दिवस का अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सकारात्मक सोच विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्त गर्नसमेत योगले मद्दत पुर् याउने बताएका छन्
‘योगले स्वस्थकर जीवनयापनका लागि हरेक व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्याउँछ’, उनको सन्देशमा भनिएको छ, ‘योग शारीरिक अभ्यास मात्र नभई, निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धतिसमेत हो।’

Facebook Comments Box
