स्रोत नखुलेको ३३ लाख ५० हजार रुपैयाँसहित एक पक्राउ

सेयर गर्नुहोस

काठमाडौं : नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई मंगलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ३३ लाख ५० हजार हुण्डीको रकमसहित गुरुङलाई पक्राउ गरेको जानकारी दिए।

रकमबारे अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए।

Facebook Comments Box