सीमास्तम्भ ५३-१ लाई पुनःस्थापना गर्ने, टोली गठन गर्ने निर्णय
सरकारले नेपाल-चीनको सीमास्तम्भ ५३-१ लाई पुनःस्थापना गर्ने, टोली गठन गर्ने निर्णय
काठमाडौ । सरकारले नेपाल-चीनको सीमा स्तम्भ ५३-१ लाई पुनस्थापना गर्ने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तातोपानीको झ्याङ्मोमास्थित सीमा चिन्ह स्तम्भ ५३-१ लाई यथास्थानमा संयुक्तरूपमा पुनस्पनाका गर्नका लागि टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
त्यस्तै बैठकले धुमुर्स सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमुना बस्ती पुननिर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय भएको मन्त्री शर्माले बताइन्।
बैठकमा पूर्वी क्षेत्रमा बाढी र पहिरोपछि बेपताको खोजी, राहत र पुनस्थापनाको कामलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो।
Facebook Comments Box
