ओली र चिनिया राजदूतबीच शिष्टाचार भेट

सेयर गर्नुहोस

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उहाँहरूबीच आज भेटवार्ता भएको एमाले कार्यालय सचिव डा‍.भीष्म अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार उनीहरूबीच द्विपक्षीय हित र आपसी सम्बन्धका बारेमा कुराकानी भएको छ।

भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल र चिनियाँ उच्च अधिकारीको सहभागिता रहेको थियो।

Facebook Comments Box