विप्लवलाई उपेन्द्रको चेतावनीः मधिसे होइन, मधेसी भन्नोस्
विप्लवलाई उपेन्द्रको चेतावनीः मधिसे होइन, मधेसी भन्नोस्
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदायलाई ‘मधिसे भनेर नहेप्न विप्लवलाई चेतावनी दिएका छन्। राष्ट्रियसभा गृहमा आज आयोजित ‘समाजवादी मोर्चा’ घोषणा सभामा उनले यस्तो चेतावनी दिएका हुन।
उनीभन्दा अगाडि बोलेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पटक पटक मधिसे भनेपछि यादवले आपत्ति जनाएका हुन्। ‘आज पनि नेपालमा मधेशी समुदायलाई हेपिने क्रम रोकिएको छैन’, उनले विप्लवको भनाइतिर लक्षित गर्दै भने, ‘मधिशे समुदाय नभन्नु होला, मधेसी समुदाय भन्नु होला।’
अहिले पनि आफ्नै देशका नागरिकहरु नागरिकताबाट बञ्चित रहेको बताउँदै राज्यले गरिरहेको यो विभेद अन्त्य गर्नुपर्ने यादवले बताए।
Facebook Comments Box
