कृष्णनगर भन्सार नाका मै लुटिदैछन पर्यटक, कार्यालय प्रमुख अनभिज्ञ

सेयर गर्नुहोस

कृष्णनगर , असार ३। कृष्णनगर भन्सारमा महशुल दरकाे बेथितिले पर्यटककाे संख्यामा कमि भई राजस्व संकलन प्रभावित बन्दै गएकाे छ ।
जिल्लाकाे प्रमुख व्यापारीक केन्द्र तथा पर्यटकीय गन्तव्यका लागि पनि मुख्य भन्सार नाका कृष्णनगर भन्सारमा अहिले बेतिथि बढ्दै गएकाे छ । कृष्णनगर नाका हुदै जिल्लाका बिभिन्न उद्योग कारखानाका कच्चा पदार्थ एवं उत्पादनकाे आयात निर्यातसमेत हुने गरेकाे छ तर भन्सार महशुल र चेकजाँचसमेतमा पारदर्शिता नभएकाे गुनासाे स्थानीय व्यापारीहरुले गर्छन ।
भारतबाट नेपालकाे स्वर्गद्वारी , लुम्बिनी , धानखाेला , पाेखरा , काठमाडौं लगायतका ठाउंमा आफ्नै साधनले जाने पर्यटकहरुकाे भन्सार महशुलमा पनि राजस्व दस्तुरभन्दा बढी लिने गरेकाे पाइएकाे छ । नेपाल छिर्ने बित्तिकै ठगिने भएकाले पनि पर्यटककाे संख्या घटेकाे छ । भारतबाट नेपालभित्रिने माेटर साइकल भन्सारमा प्रतिदिन २ सयकाे सट्टा ढाई सय देखि ३ सयसम्म र कारमा जाने पर्यटककाे प्रतिदिन सात सयसम्म लिने गरेकाे स्राेतले जनाएको छ । त्यसपछि बाटाेमा ट्राफिकले रुट परमिटकाे नाममा पनि जरिवाना काट्दै आएकाे स्वर्गद्वारी जाने भारत सिद्धार्थनगरका प्रमाेद गुप्ताकाे भनाई छ ।
साे सम्बन्धमा भन्सार कार्यालय कृष्णनगरका प्रमुख गगन बिकलाई जानकारी गराउंदा ‘ मलाई थाहै छैन तपाईले फेरि पत्ता लगाउनुस’ भनी कुरा अन्यत्र घुमाउन खाेजे । भन्सार भईसकेकाे मालवाहक गाडीमा पनि ट्रफिकले ओभरलाेडका नाममा जरिवाना काट्ने गर्छ के हाे वास्तविकता साेधेपछि त्याे ट्राफिकलाई साेध्नुपर्छ बताउनुभयाे । भन्सार प्रमुख बिकले जानकारी दिन नखाेजेपनि भन्सार गर्न खटिने कर्मचारीहरुले एजेन्टमार्फत प्रत्येक प्रज्ञापन पत्र फार्म भर्ना भराउन बापतकाे अतिरिक्त रकम असुल गरि बांढ्दै आएकाे स्राेतले बताएकाे छ । साे रकमबारे कार्यालय प्रमुखले केही बताउन चाहेन्न ।

चालु आर्थिक बर्षमा लक्ष्यभन्दा कम राजस्व असुल हुने एउटा कारण भन्सार महशुलमा देखिएका यस्ता बेतिथिले नेपाल भित्रिने गाडीकाे संख्या कम हुनु पनि हाे ।
अर्काेतिर मुख्य नाका मै भन्सारकाे चेकजाँच बिट छ भने संगै सशस्त्र प्रहरी बलकाे पनि चेकबिट छ । दुवैले आलाेपालाे पटकपटक चेकजाँच गर्दासमेत सास्ती भाेग्नुपरेकाे गुनासाे पनि बढ्दै गएकाे छ।

Facebook Comments Box