प्रचण्ड आज दिनभर मेलम्चीमा

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षणका लागि आज सिन्धुपाल्चोक प्रस्थान गरेका छन्।

प्रचण्ड केही बेरअघि त्यसतर्फ प्रस्थान गरेको प्रधानन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। प्रधानमन्त्रीका साथमा खानेपानीमन्त्री महिन्द्र राय यादव, स्वस्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायत पनि छन्।

दिनभर सिन्धुपाल्चोकमा रहने प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको अहिलेको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया पनि गर्ने कार्यक्रम रहेको शर्माले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई अम्बाथान क्याम्पमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशकले आयोजना सम्बन्धी ‘ब्रिफिङ’ गर्ने कार्यक्रम छ।

त्यसपछि प्रधानमन्त्रीले ग्याल्थुममा स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया गर्नेछन्। उनी सिन्धुपाल्चोकबाट अपराह्न ५ बजे काठमाडौं फर्किने प्रेस संयोजक शर्माले जानकारी दिए।

Facebook Comments Box