राष्ट्रिय अनुसन्धान विभागले माग्यो कर्मचारी

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा जनशक्ति माग गरेको छ।

विभागले शनिबार सूचना प्रकाशन गरी अनुसन्धान (राजपत्राङ्कित तृतीय श्रेणी) र अनुसन्धान सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी) पदका लागि जनशक्ति माग गरेको हो ।

विभागले ३० जना अनुसन्धान अधिकृत र ४१ जना अनुसन्धान सहायक माग गरेको हो। अनुसन्धान अधिकृतका लागि कम्तीमा  स्नातक वा सो सरह उत्तीर्ण भएको हुपर्नेछ। ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्याता हासिल गरेकाले जीपीए २ वा सोभन्दा माथि ग्रेड प्वइन्ट प्राप्त गरेको हुनुपर्ने जनाइएको छ।

अनुसन्धान सहायकका लागि कम्तीमा प्रवीणता पत्र तह  वा ग्रेडिङ पद्धतिमा शैक्षिक योग्यता प्राप्त गरेको भए जीपीई २  वा सोभन्दा माथिको ग्रेड प्वइन्ट प्राप्त गरेको हुनुपर्ने उल्लेख छ।

सूचना प्रकाशन भएको मितिले ३० दिनसम्म अर्थात् असार ३१ गतेसम्म दरखास्त दिन सकिने विभागले जनाएको छ।

Facebook Comments Box