यस्तो रहनेछ आजको मौसम
काठमाडौं : देशका मध्य तथा पश्चिम तराईका भूभागमा उच्च तापक्रम यथावत् रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेश क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना शुक्रबार पनि छ।
अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, बाँकी पहाडी भूभागका थोरै स्थान र कोशी प्रदेशका तराईका भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रवार राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेशसहित बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको पनि सम्भावना छ।
