गैँडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु
चितवन : पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ ।
भरतपुर महानगरपािलका–२३ का ६० वर्षीय झणबिल बोटेको मृत्यु भएको हो।
वडाध्यक्ष दीपक दवाडीका अनुसार आइतबार दिउँसो ३ बजेतिर श्रीमतीसहित वनमा गएका बोटेलाई गैँडाले आक्रमण गरेको हो।
अपराह्न साढे ५ बजे उनको शव भेटिएको दवाडीले जानकारी दिए।
Facebook Comments Box
