इगा स्वाइन्टेकले जितिन् फ्रेन्च ओपनको उपाधि

सेयर गर्नुहोस

एजेन्सी: फ्रेन्च ओपन टेनसिको महिला तर्फको उपाधि इगा स्वाइन्टेकले जितेकी छन्।

गएराति भएको फाइनलमा पोल्याण्डकी विश्व नम्बर वान इगाले चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई पराजित गरेकी हुन् । इगाले तीन सेटको फाइनल खेल ६–२, ५–७ र ६–४ ले जितिन्। यसअघि २०२० र २०२२ मा पनि इगाले फ्रेन्च ओपन जित्न सफल भएकी थिइन्।

पुरुषतर्फको उपाधिका लागि आज सर्बियाका नोभाक जोकोभिक र नर्वेका क्यास्पर रुडबीच प्रतिस्पर्धा हुँदैछ।

Facebook Comments Box