लुम्बिनीको नीति तथा कार्यक्रम आज
दाङ : लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको पाँचौं बैठक आज बस्दैछ।
बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि सुरु हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।
दोस्रो अधिवेशनको पाँचौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ। शुक्रबार आउने नीति तथा कार्यक्रमका आधारमा लुम्बिनी प्रदेश सरकारले असार १ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनेछ।
उत्पादनमा जोड र रोजगारी सिर्जना अहिलेको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता रहेको लुम्बिनी सरकारले जनाएको छ।
Facebook Comments Box
