एसईईको नतिजा नआई कक्षा ११ मा भर्ना नलिनू : महानगर

सेयर गर्नुहोस

काठमाडौं : काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा आउनुअघि विद्यार्थी भर्ना नगर्न परिपत्र जारी गरेको छ ।

महानगरका शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले बुधबार  विज्ञप्ति निकालेर परिपत्र जारी गरेका हुन्।

२०८० शैक्षिक सत्रका लागि केही विद्यालयले कक्षा ११ को भर्ना खुलाएको भन्ने उजुरी प्राप्त भएको भन्दै त्यसो नगर्न भनिएको छ।

Facebook Comments Box