कोरोना भाइरस संक्रमण शून्य

सेयर गर्नुहोस

काठमाडौं : कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ७६० जनामा गरिएको परीक्षणमा कोही पनि संक्रमित नपाइएको हो।

तर अहिले देशभर १७ सक्रिय संक्रमित छन्। तर कोही पनि सघन उपचार कक्ष (आइसीयू) र भेन्टिलेटरमा छैनन्। यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि संक्रमण कम भएपछि नेपालमा यसको प्रभाव देखिएको हो।

गत चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखिएपछि नेपालमा संक्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको संक्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरस न्यून भएपछि गत वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपतकाल नरहेको घोषणा गरेको थियो।

Facebook Comments Box