‘जातीय विभेद अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक’

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद अन्त्य गर्न सामाजिक चेतना र जागरण तथा कानूनको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहन सरोकारवाला सबैलाई आग्रह गरेका छन्।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा आइतबार सन्देश जारी गरी राष्ट्रपति पौडेलले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा  जातीय आधारमा हुने सबै प्रकारका उत्पीडन क्रमशः अन्त्य हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरेको भन्दै उनले विभेद मानव सभ्यताको कलंक भएको उल्लेख गरेका छन्। यसको अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन र चेतना र जागरण अभिवृद्धिमा जोड दिनुपर्ने उनको भनाइ छ।

Facebook Comments Box