प्रधानमन्त्री र मन्त्रीहरूको तस्विर हेर्दै बाबुरामले भने, देश कता जाँदैछ?

सेयर गर्नुहोस

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘हामी कता जाँदैछौँ?, देश कता जाँदैछ?’ भनी प्रश्न गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पाँच मन्त्रीले गेरु वस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वरको दर्शन गर्दैगरेका केही तस्विर सामाजिक सञ्जालमा राखेर उनले यस्तो प्रश्न गरेका हुन्।

चारदिने भारत भ्रमणमा रहेका प्रचण्डसहित मन्त्रीहरूले शुक्रबार मध्यप्रदेशको उज्जैन पुगेर महाकालेश्वरको दर्शन गरेका थिए।

हिन्दु धर्मप्रति आस्था राख्नेहरूप्रति द्वन्द्वकालमा माओवादी नेता–कार्यकर्ताले गर्ने  गरेको व्यवहार र प्रचण्डले महाकालेश्वरमा रुद्राक्ष र भेटी चढाएको विषयमा समाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

 

Facebook Comments Box