विजयनगर सिसवाका आगलागी पिडितलाई जस्तापाता र पाइप वितरण

सेयर गर्नुहोस

विजयनगर

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले सिसवाका आगलागी पिडितलाई जस्तापाता र पाइप वितरण गरेकाे छ । गाउँपालिकाकाे वडा नम्बर ५ सिसवा गाउँमा गत बैशाख ७ गते भीषण आगलागी हुँदा २६ घरगाेठ जलेर नष्ट भएका थियो । त्यस लगत्तै ९ गते पुन: अचानक साेही गाउँमा आगलागी हुँदा ७ गरि ३२ ओेटा घरगाेठमा क्षति भएको थियाे ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शुक्रबार सिसवाका आगलागी पिडितलाई जस्तापाता र पाइप वितरण गरेका हुन् । आगलागीबाट पूर्ण रुपमा क्षति भएका २० घरलाई १६ वटा जस्तापातासहित पाइप उपलब्ध गराइएकाे वडा अध्यक्ष अनवर माेहम्मद मुसलमानले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष थापाले आगलागी भएकाे दिन तत्कालै अत्यावश्यक खाद्यान्न र त्रिपाल उपलब्ध गराएका थिए । भीषण आगलागीबाट खाद्यान्न, तत्ताकपडा, पशु चाैपाया, गरगहना र सरसमान गरि एक करोड बढीकाे सम्पत्ति जलेर क्षतिकाे भएको थियोे ।

Facebook Comments Box