नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीको भूमिका शंकास्पद, आफ्नालाई जोगाएर कांग्रेसविरुद्ध खनिदै

सेयर गर्नुहोस

काठमाडौं । नक्कली भुटानी शरणार्थीको मुद्धा यतिबेला नेपालमा सर्वाधिक चासोको विषय बनेको छ। संसदमा प्रि बजेट छलफल भइरहँदा सरकार, सांसद र आममनागरिकको चासो भने नक्कली भुटानी शरणार्थीतर्फ नै बढि केन्द्रीत छ।

संसदमा पनि हरेक जसो सांसदले बजेटभन्दा बढि शरणार्थी मुद्धालाई प्राथमिकता दिएर धारणा राखिरहेका छन् । नेपालीलाई गैरनागरिक बनाएर भुटानी शरणार्थीका नाममा पैसा असुल्ने गिरोहविरुद्ध प्रहरी कडाईका साथ प्रस्तुत भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भूमिका भने संशयपूर्ण देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुदेखि नै यो प्रकरणमा आफ्ना पार्टीनिकट नेताहरुलाई जोगाउन सक्रिय भूमिका खेलेका थिए ।

एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपदेखि उपाध्यक्ष रामबहादुर थापा बादलका छोरालगायतको नाम मुछिएपछि ओली नक्कली भुटानी शरणार्थी मुद्धामा नरम देखिए । प्रहरीले सचिव रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि ओलीले सार्वजनिक रुपमै आपत्ति जनाए । पटकपटक मन्त्री भएको र उपप्रधानमन्त्रीसमेत भइसकेको व्यक्तिलाई बाटोबाटै हतकडी लगाउनु उचित नहुने भन्दै उनले प्रहरीलाई निरुत्साहित गर्न खोजे । तर उनै टोपबहादुर यतिबेला फरार छन् ।

प्रहरीको खोजीमा रहेका टोपबहादुर भने एमाले अध्यक्ष ओलीको सम्पर्कमा रहेको थाहा हुन्छ । ओलीले नेता रायमाझीले केहि दिनमा प्रहरीसामू आत्मसमर्पण गर्ने बताएका थिए तर रायमाझी भने अझै सम्पर्कमा छैनन् । त्यस्तै ओलीका स्वकीयसचिव राजेश बज्राचार्यको नाम पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको छ ।

ओलीका अत्यत्नै विश्वासिला पात्र मानिने पूर्व गृहसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईको संलग्नताबारे पनि चर्चा भइरहेको छ। राई गृहसचिव हुँदाकै बखत नक्कली भुटानी शरणार्थी प्रकरण सुरु भएको हो । त्यस्तै संघीय सरकरका सचिव महेश्वर न्यौपानेको नाम पनि जोडिएको छ ।

आफूनिकटहरुको नाम एकपछि अर्काे गरी जोडिन थालेपछि एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई बदलाको रुपमा लिएका छन् । उनले माओवादी लडाकुसँग जोडिएको विषयमा अख्तियारले छानविन अगाडि बढाउनुपर्ने भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्न खोजेको प्रष्टै हुन्छ ।

यता कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण भने प्रहरी हिरासतमा छन् । शरणार्थी प्रकरणमा उनको नाम पनि जोडिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो तर एमाले नेता रायमाझी फरार छन् भने अन्य ओलीनिकट नेताहरु पनि छानविनका क्रममा रहेको प्रहरी उच्च स्रोतले जनाएको छ। ओलीले जेठ ४ गते संसदमा शरणार्थी प्रकरणमा खुलासा गर्नेभन्दै अर्काे शंसय उत्पन्न गराएका छन् । नेपालमन्च

Facebook Comments Box