लोसपा का बरिष्ठ नेता राजेन्द्र महतोको समर्थन जनमतका उम्मेदवार कुशवाहालाई

सेयर गर्नुहोस

बारा ।
मधेशवादी नेता राजेन्द्र महतोले गठबन्धनको उम्मेदवार विरुद्ध जनमत पार्टीका उम्मेदवार एवं धर्तीपुत्र शिवचन्द्र कुशवाहाको पक्षमा खुलेर आफू सहित निकट कार्यकर्ताहरुलाई निर्देशन दिइएको श्रोतले बताएको छ ।
पाँच दलिय गठबन्धन अर्थात वर्तमान सत्ताधारी सरकार भित्रका गठबन्धनबाट साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टी का अध्यक्ष उपेन्द्र यादवलाई बारा निर्वाचन क्षेत्र नम्वर २ मा बनाइएको छ तर उक्त गठबन्धन मध्येका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का गद्दावर नेता एवं प्रखर वक्ता राजेन्द्र महतो यादवलाई नभई जनमतका कुशवाहा प्रति आफनो समर्थन जनाएको ति श्रोतको दाबी छ ।
राजेन्द्र महतोले बास्तविक रुपमा उम्मेदवार कहि पनि बन्न सकिन्छ तर जुन उम्मेदवार भुगोल, भाषा, संस्कृति, रितिरिवाज, बुझ्ने बास्तविक धर्तीपुत्र भएमा मात्रै सम्भव हुन्छ ति कुराहरु उपेन्द्रमा नभई जनमतका शिवचन्द्र कुशवाहा बास्तविक धर्तीपुत्र रहेको हुँदा उनलाई नै मेरो नैतिक समर्थनको साथै आफू नजिकका कार्यकर्ताहरुलाई कुशवाहालाई सघाउन निर्देशित गरिसकेको बताइएको छ ।
राजेन्द्र महतोको यसप्रकारको नैतिक समर्थनबाट बारा २ मा उपेन्द्रको विदाई सुनिश्चिित हुँदै गएको र कुशवाहाको उदय हुने अटकलवाजी गरिएको ति श्रोतले दाबी गरेका छन् । भोली अर्थात आईतवार बारा २ मा प्रतिनिधि सभा सदस्य पदको लागि हुने उप निर्वाचनमा आयातित उम्मेदवार प्रति खासै रुची नदेखाएका जनताहरु यसपालि जातिबादको बहानामा जित्ने नेतालाई पनि सधैको लागि विदाई गरिने निश्चित रहेको तराईटाप डटकममा खबर छ।

Facebook Comments Box