झुठा विवरण पेश गरि नेपाली नागरिकता लिने तिब्बती शरणार्थी पक्राउ

सेयर गर्नुहोस

काठमाडौं ।
झुटा विवरण पेस गरी नेपाली नागरिकता लिने थप एक तिब्बती शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

बौद्ध टुसालस्थित शरणार्थी क्याम्पमा बस्दै आएकी २७ वर्षीया निमा ल्हामो गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । यस घटनामा यसअघि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीसहित पाँचजनालाई पक्राउ गरिसकेको छ ।

कर्मचारीको मिलेमतोमा प्रशासनबाट करिब पाँच सय तिब्बतीलाई नागरिकता दिइएको प्रहरी आकलन छ । नागरिकता फाँटका नासु देवीराज गौतमले यसरी मिलेमतोमा नागरिकता दिलाएका थिए । गौतम पक्राउ परिसकेका छन् । तस्बिर -नयाँ पत्रिका

Facebook Comments Box