ताइवानकी राष्ट्रपति वेनको भ्रमणपछि अमेरिकालाई चीनको चेतावनी

सेयर गर्नुहोस

काठमाडौँ ।
गत साता ताइवानकी राष्ट्रपति साइ इङ्ग वेनलाई अमेरिकाको न्यूयोर्कमा भव्य स्वागत गरियो। त्यसपछि वेनले क्यालिफोर्नियामा अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेटिन्।

ताइवान अमेरिकासँग नजिकिँदै गर्दा चीन भने अमेरिकासँग रुष्ट भएको छ। दुईबीचको बिग्रिएको सम्बन्धमा थप दरार सिर्जना भएको छ।

चीनले उक्त भेट सन् १९७९ मा अमेरिका-चीनबीच स्थापना भएको कूटनीतिक सम्बन्धको सम्झौताको उल्लंघन भएको दाबी गरेको छ। द्विदेशीय कूटनीतिक सम्बन्ध स्थापना भएपछि ताइवानी नेतालाई अमेरिकाका उच्च अधिकारीले भेटेको यो पहिलोपटक हो। चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाले सार्वभौम र भौगोलिक अखण्डतामा हस्तक्षेप गरेको आरोप लगाएको छ।

ताइवान एक स्वशासित क्षेत्र हो, जसलाई चीनले आफ्नो हिस्सा मान्छ। चीनले ताइवान आफूमै समावेश हुने दाबी गर्दै आएको छ।

सन् १९४५-४९ को अवधिमा चीनमा भएको गृहयुद्धमा एकातिर माओत्से तुङको नेतृत्वमा कम्युनिस्टहरू थिए भने अर्कोतिर चियाङ काइशेकको नेतृत्वमा राष्ट्रवादी शक्तिहरू थिए ।

चियांङ काई-शेक पतनको अवस्थामा पुगेपछि ताइवान पुगेर उनले त्यहाँ निर्वासन सरकार गठन गरेका थिए। चिनियाँ कम्युनिष्ट पार्टीले ताइवानलाई हालसम्म आफ्नो नियन्त्रणमा लिन सकेका छैनन्।
सोही मुद्दा चीन र अमेरिकाबीच तनाबको मुख्य विषय बन्न पुगेको छ।
ताइवानलाई अमेरिकाले विशेष महत्व दिएपछि चीनले आफ्नो आन्तरिक विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।
पछिल्ला केही वर्षमा चीनले ताइवान समर्थक देशसँग दूरी बढाउँदै आएको छ। चीनसँग नजिक देशले ताइवानलाई छुट्टै देशको मान्यता दिएका छैनन्। हालै होन्डुरसले कूटनीतिक सम्बन्ध तोड्दै ताइवान चीनकै हिस्सा भएको अभिव्यक्ति दिएको थियो। योसँगै अब ताइवानलाई छुट्टै राष्ट्रको मान्यता दिने देशको संख्या १३ मा सीमित भएको छ।अमेरिकाका उच्च अधिकारीसँगको भेटमा चिनियाँ राष्ट्रपति वेनले ताइवानलाई छुट्टै देशको मान्यता दिन आग्रह गरेकी थिइन्।

…….

हनुमानजी राक्षससँग लडे, हामी भ्रष्टाचारसँग लड्नेछौँ: मोदी
काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र वंशवादविरुद्ध लड्ने बताएका छन्।
भाजपा स्थापना दिवसको अवसरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘हनुमानजीले राक्षसको सामना गर्नुभयो। हामी त्यत्तिकै कठोर हुन्छौं। जब भ्रष्टाचार र वंशवादको कुरा आउँछ भाजपा त्यत्तिकै दृढ भएर लड्छ।

उनले हनुमानको जीवनले आफूले प्रेरणा दिने बताए। ‘जब लक्ष्मणमाथि संकट आयो, तब हनुमान जीले पूरै पहाड बोकेका थिए। यही प्रेरणा लिएर भाजपाले पनि जनताका समस्या समाधान गर्न नतिजा ल्याउने प्रयास गर्दै आएको छ,’ उनले भने, ‘हाम्रो पार्टी र हाम्रा कार्यकर्ताहरूले हनुमान जीको मूल्य र शिक्षाबाट निरन्तर प्रेरणा लिइरहेका छन्।’

आफू भारतको प्रधानमन्त्री भएपछि देश धेरै हिसाबले सक्षम भएको दाबी उनले गरे। सन् २०१४ पछि भारतीमा अतुलनीय विकास भएको उनले बताए।

Facebook Comments Box