चीनको मधुरताले नेपालमा संकट
अँकित कुमार श्रीवास्तव
नेपाल आफैमा एउटा सर्विभौम राष्ट्र हो । यसको आफ्नै अस्तित्व र अस्मिता छ । सानै भए पनि नेपालको आफ्नै भौगोलिक विविधता छ । नेपालको धार्मिक मान्यता र सांस्कृतिक परम्परा पनि विश्वका सैयाें राष्ट्रहरूमध्ये उदाहरणीय हो। यो नितान्त स्वाभाविक हो कि कुनै राष्ट्र आर्थिक मापदण्डमा सबल व कमजोर हुन सक्छ। जन घनत्व र भौगोलिक क्षेत्रफलका आधारका विभिदता हुनु अति सामान्य विषय पनि हो ।
नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहले नेपाललाई “दुई ढुंगा बीचकाे तरुल ” भनेर व्याख्या गरेर नेपालको क्षमताको चर्चा गरेका थिए। उनले नेपाललाई दुई विशाल राष्ट्रहरू भारत र चीन बीचको एउटा स्वतन्त्र हिस्साका रूपमा अर्थाउन खोज्दै नेपालले दुवै राष्ट्रहरूबाट समुचित सुविधा उपभोग गर्न सक्छ भन्नेतिर इंगित गरेका हुन। तर वास्तविकतामा भयो के भने भारतसँग त नेपालले जेन तेन धेरै क्षेत्रमा सहयाेग र साथ पाएकाे हुन्छ । नेपाल-भारतको सांस्कृतिक र धार्मिक सम्बन्ध मूळतः एउटै छन । भाषा र व्यवहार पनि धेरै थाेरै एक किसिमका छन्। तर चीनसँग भने ठिक उल्टो हुन पुग्यो। यो रितोपन वर्तमान समयमा त चीनले नेपाललाई आर्थिक ऋणकाे भार बाेकाउने नीति र अघाेषित नाकाबन्दी गर्दा झन फराकिलो भयो र अहिले चीन शत्रु भन्दा पनि धेरै घातक राष्ट्र बन्नपुग्याे ।
चीनले मित्रताको नाममा नेपाललाई कुट्ने अनेकन प्रयत्नहरू गरि रहेको छ। आफ्ना कुटिल योजना अन्तर्गत नेपालको अर्थतन्त्र ध्वस्त बनाउने, परतन्त्र राख्ने, नेपाली संस्कृति र परम्परा मास्ने काम चीनबाट निरन्तर रूपमा भई रहेका छन् । नेपालका राजनीतिक कर्मी पनि चीनबाट अनावश्यक रूपमा प्रभावित भई राष्ट्रलाई ऋणको भकारी बाेकाएकाे तथ्य सबैले बुझिसकेका छन र त्यसकाे असर अहिले सजिलै देखिन्छ। सुझबुझ नगरि चीनको हरेक परियोजनामा सामेल हुने, कम्युनिस्ट एकताको नाममा चीनको निर्देशलाई सर्वोपरी मान्ने, कुनै दूरागामी सोच बिनै जता भने त्यसै लहै लहैमा लाग्ने र सिमित स्वार्थको निम्ति राष्ट्रहित विरुद्ध निर्णय लिने प्रवृतिले नेपाललाई क्षति गरिरहेका छन । भारतसँग राेटीवेटीका सम्बन्धले कम से कम भाषा र संस्कृतिका अनुसार समान व्यवहार गर्न सकिन्छ, जुन विश्वस्तरको सम्बन्धमा एउटा अनुपम सुन्दर उदाहरण पनि हो । तर चीनसँग नेपालले कुनै किसिमकाे सम्बन्ध स्थापित गर्न खाेज्दा उसले आफ्नाे फाइदामात्र खाेजेकाले सुमधुरता कायम हुन सकेकाे छैन । चीनसंग राजनैतिक अदुरदर्शिताका कारण नेपालले भोग्न परेका समस्याहरू थुप्रै छन । अर्को मूल समस्या के छ भने चीनले नेपालको सामाजिक क्षेत्र , आर्थिक क्षेत्र पनि धेरै हदसम्म ध्वस्त बनाएको छ । ठामेल जस्तो नेपालको पारम्परिक आकर्षक भएकाे पर्यटकीय स्थलमा नाना थरिका गैर कानुनी क्रियाकलापहरू संचालन गरेर यसको विशेषतालाई हानी पु-याएको छ भने अप्रत्यक्ष रुपमा नेपाललाई समेत आनलाईन ठगी, ह्यकिंङ, तस्करी र अवैध गतिविधिका अड्डा बनाइ बदनाम गराउन खाेजेकाे छ | एउटा हालैकाे घटना हाे नयाँ बानेश्वरमा चिनीयाँ नागरिकहरुद्वारा नेपालको स्थापित कानून प्रणालीको धज्जी उडाउने काम भएको छ । साधारण भाषामा भन्नुपर्दा चीनले केही बर्षयता नेपालमा आफ्नो वर्चस्व देखाईरहेको छ । केही बर्षभित्रका चिनियाँ नागरिकसंग जुडेका विभिन्न घट्नाक्रमलाई केलाउंदा एउटा कुराे स्पष्ट हुन्छ कि चीन नेपालकाे बिकास भन्दा विकृति बढाउंदै लग्ने र भयवह स्थिति बनाई दासत्व बढाउने षड्यन्त्र गरिरहेकाे बुझिन्छ । अहिलेकाे अवस्थामा हामी नेपालीले नेपाललाई माया गर्न सक्नु पर्याे, आफ्नो भुगोल र राष्ट्रियताको रक्षा गर्नु सक्नु पर्यो। त्यसैले हिमाली , पहाडी ,तराईबासी आपसमा एकतावद्ध भई नेपाललाई डरलाग्दाे आर्थिक ,सामाजिक, सांस्कृतिक संकटबाट जाेगाउन सक्नुपर्छ ।
