रविका कार्यकर्ताले जाँड खाएर भारतीय महिला कलाकार लाई गरे दुर्ब्यवहार !

सेयर गर्नुहोस

मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित चौथो संस्करणको ‘जनकपुर साहित्य महोत्सव’ मा रवि लामिछानेका कार्यकर्ता मादक पदार्थ सेवन गरी आतंक मच्चाएका छन्।

जानकी मन्दिर प्रांगणमै आयोजित कार्यक्रमका क्रममा रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाका कार्यकर्ताले मादक पदार्थ सेवन गरी भारतीय गायिकालाई दुर्ब्यवहार गरेको जनाईको छ। स्रोतका अनुसार मादक पदार्थ सेवन गरेका ति कार्यकर्ताले भारतिय गायिका मैथिली ठाकुरलाई दुब्र्यवहार गरेका हुन।

भारतीय शास्त्रीय संगीत र लोक संगीतमा प्रशिक्षित भारतीय पार्श्व गायिका मैथिली हिन्दी, बंगाली, मैथिली, उर्दू, मराठी, भोजपुरी, पञ्जाबी, तमिल, अंग्रेजीलगायतका गीत गाउने कलाकार हुन। कार्यक्रमका क्रममा उनीमाथि दुर्ब्यवहार भएको विषय अहिले चर्चामा छन्।

अर्कोतर्फ मन्दिर प्रांगणमै यस्ता कार्यक्रम कसरी भए र मादक पदार्थ सेवन गरेका ब्यक्ति कसरी छिरे भन्ने विषयमा सामाजिक संजालमै पनि आलोचना भईरहेको छ। सांसद मनिष झाले समेत यो विषय स्विकारेका छन्। उनले फेसवुकमा प्रतिक्रिया जनाउँदै घट्ना सामान्य भएको र आरोपितले माफी मागिसकेकाले यस्ता विषयलाई थप चर्चाको विषय वनाउन नहुने जनाएका छन्।

‘मदिरा सेवन गरेर जानकी मन्दिर प्राङ्गणमा जानु गलत हो, भाषा र जात तपसिलका कुरा हुन’ उनले लेखेका छन्–‘गल्ती स्वीकार गरिसक्नु भयो, मानव हुन गल्ती हुन्छ। सक्कियो, च्याप्टर क्लोज। अव यो बहानामा आफ्नो भाषा र जातीय इगोको रोटी सेक्न बन्द गरौ।’

तर, एक जना फेसवुक प्रयोगकर्ताले उनको यो भनाईको प्रतिवाद गरेका छन्। ‘केही कुरा यस्तो संबेदनसिल हुन्छ कि माफी अक्षम्य भैहाल्छ हजुर। जब कुरा माता जानकी र जानकी मन्दिरसँग संबंधित हुन्छ अनि इगो जाग्नु स्वभाविक नै हो, किनकी यसले हाम्रो इतिहास र गौरव दुवै झल्काउछ।’ उनले लेखेका छन्।

तीन दिवसीय उत्सवमा विभिन्न २० सत्रमा देश विदेशका १ सय ५० भन्दा धेरै स्रष्टा सहभागी थिए। नव मिथिला फाउण्डेशनद्वारा आयोजित जनकपुर साहित्य उत्सवमा अंजल श्रेष्ठ, शिशिर खनाल, विजयकुमार सिंह दुनुवार, मनिष झा, ममता शर्मा, प्रदीप परियार, कुन्दन झा, गजेन्द्र बुढाथोकी, प्रकाश अर्यालसँगै गायिका मैथिली ठाकुरको सहभागिता थियो। नेपाल आजबाट

Facebook Comments Box