‘युपी मे का बा’गीतले वैमनस्यता फैलाएको भन्दै नेहा सिंह राठौरलाई प्रहरीको नोटिस

सेयर गर्नुहोस

नयाँ दिल्ली । भारतमा ‘यूपी मे का बा…’ जस्ता धेरै गीत गाएर चर्चित भएकी लोक गायिका नेहा सिंह राठौरको नाममा उत्तर प्रदेश प्रहरीले नोटिस जारी गरेको छ । नोटिसमा नेहा राठौरलाई गीतबाट समाजमा ‘असमानता र तनाव’ फैलाएको आरोप लगाइएको छ ।

कानपुर देहात जिल्लाको प्रहरीले जारी गरेको सूचनामा उनलाई ‘युपी मे का बा… सिजन–२’ गीतबारे सातवटा प्रश्न सोधिएको छ ।
नेहालाई उक्त प्रश्नहरुको जवाफ प्रहरीले तीन दिनभित्र दिन भनेको छ । यसका साथै उनको जवाफ सन्तोषजनक नभेटेमा उनीविरुद्ध आईपीसी र सीआरपीसीको धारा अन्तर्गत सान्दर्भिक कारबाही गरिने जनाइएको छ ।

नेहा सिंह राठौरले आफ्नो ट्वीटर अकाउन्टमा सार्वजनिक गरेको भिडियोमा आफ्नो घरमा आएर प्रहरीले सूचना दिएको देखाएकी छिन् ।

यो भिडियोमा उनले प्रहरीलाई तपाईहरुलाई कसले समस्यामा पारेको छ भनेर प्रश्न गरेकी छन् । सो प्रश्नमा प्रहरीहरुले तपाईंले समस्यामा पारेको भनेका छन् । बीबीसी

Facebook Comments Box