इजरेली मन्त्रीको अल-अक्सा भ्रमणलाई लिएर यूएई र चीनमा तनाव , बोलायो सुरक्षा परिषद्को बैठक

सेयर गर्नुहोस

काठमाडौं। इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गवीरले अल-अक्सा मस्जिद परिसरमा प्रवेश गरेपछि संयुक्त अरब एमिरेट्स (युएई) र चीनले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को बैठक बोलाउन आह्वान गरेका छन्। काउन्सिलले बिहीबार बैठक बोलाउने अपेक्षा गरिएको कूटनीतिज्ञहरूले मंगलबार रोयटर्सलाई भनेका छन्।

बेन गवीरको कदमले विश्वभर कडा निन्दा पाएको छ, इजिप्ट, जोर्डन, साउदी अरेबिया, टर्की र युएईले प्यालेस्टाइनीहरूसँगै उनको निन्दा गरेका छन्।

प्यालेस्टिनी यो कदमलाई अभूतपूर्व भड्काव भनेको छ। प्यालेस्टिनी विदेश मन्त्रालयले अल-अक्सा मस्जिदमा अतिवादी मन्त्री बेनगवीरले गरेको आक्रमणको कडा निन्दा गर्दै यसलाई अभूतपूर्व उक्साहट र द्वन्द्वको खतरनाक वृद्धिको रूपमा हेरिएको भनेको छ।

यसैबीच प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्टायेहले बेन गवीरले तीर्थस्थललाई यहूदी मन्दिरमा परिणत गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

घेराबन्दी गरिएको गाजा स्ट्रिपमा शासन गर्ने समूह हमासले बेन गवीरको कदमले रातो रेखा पार गरेको भन्दै चेतावनी दिएको छ। इजरायली सेनाले मंगलबार राति गाजाबाट रकेट प्रहार गरेको र त्यो रकेट प्यालेस्टिनी क्षेत्रमा खसेको बताएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार ढिलो एक विज्ञप्ति जारी गर्दै आफू टेम्पल माउन्ट अल-अक्सा मस्जिद कम्पाउन्डेमा कुनै परिवर्तन हुन नदिई यथास्थितिलाई कडाइका साथ कायम राख्न प्रतिबद्ध रहेको दाबी गरेका छन्।

Facebook Comments Box