भारतकी राष्ट्रपति मुर्मू लण्डन प्रस्थान, चिनियाँ प्रतिनिधिलाई राेक

सेयर गर्नुहोस

काठमाडौँ । भारतकी राष्ट्रपति द्रोपदी मुर्मु शनिबार बेलायत प्रस्थान गरेकी छिन् । बेलायतकी दिवंगत महारानी एलिजावेथ द्धितियको अत्येष्टिमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनले अन्त्येष्टि समारोहमा सहभागी भई भारतको तर्फबाट महारानीप्रति श्रद्धाञ्जील अर्पण गर्दै बेलायती राजपरिवार र बेलायती जनताप्रति सहानुभूति व्यक्त गर्ने छिन्। उनले सोमबार ल्यानक्यास्टर हाउसमा रहेको शोक पुस्तिकामा हस्ताक्षर समेत गर्ने जनाइएको छ ।
अन्त्येष्टि समारोहमा चीनको तर्फबाट भने उपराष्ट्रपति वाङ क्विशानले सहभागीता जनाउनु हुने भएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङ्को विषेश प्रतिनिधिका रुपमा उनले सहभागीता जनाएकी हुन् ।

त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुन बेलायत पुग्नेछन् । बेलायत सरकारको महारानीको अन्त्येष्टि समारोहमा आतिथ्यता ग्रहण गर्न आग्रह गर्दै विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखहरूलाई निमन्त्रणा गरेको थियो ।
बेलायतको निमन्त्रणा अनुसार नै धेरै देशका सरकार तथा राष्ट्रप्रमुखहरु अहिले लण्डन प्रस्थान गर्दै छन् ।महारानी एलिजावेथ द्धितियको अन्त्येष्टि यही सेप्टेम्बर १९ मा लण्डनमा भव्य समारोहका साथ गर्ने तयारी बेलायती सरकारले गरेको छ । विभिन्न देशबाट आएका पाहुनाहरु बेलायतका नयाँ राजा चार्लसद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुने छन् ।

महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ बर्षको उमेरमा निधन भएको हो ।

चिनियाँ प्रतिनिधिमाथि रोक

बेलायती महारानी एलिजाबेथ द्वितीयाको शव राखिएको कक्षमा चिनियाँ सरकारी प्रतिनिधिलाई रोक लगाइएको छ ।

आगामी सोमबार राष्ट्रिय सम्मानका साथ हुने अन्त्येष्टिको समयसम्म महारानीको शव वेस्टमिन्स्टर हलमा राखिएको छ । चिनियाँ प्रतिनिधिमण्डलले वेस्टमिन्स्टर हलमा प्रतिबन्ध लगाइएको जानकारी आफूले पाइनसकेको चिनियाँ प्रतिनिधिले बताएका छन् ।

गतवर्ष चीनले बेलायतले उइघुर मुस्लिममाथि दुव्र्यवहार गरेको आरोप लगाएका कारण सात सांसदलगायत नौ जना बेलायतीमाथि यात्रा प्रतिबन्ध लगाउनुका साथै उनीहरूको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको थियो । सोही कारण एलिजाबेथको अन्तेष्टीमा चिनिया प्रतिनिधिलाइ रोक लगाएको हुन सक्ने अनुमान गरिएको छ ।

चीनले बेलायती सांसद र नागरिकलाई प्रतिबन्ध लगाएकाले हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलले चिनियाँ प्रतिनिधिमण्डलमाथि रोक लगाएको बीबीसीले उल्लेख गरेको छ । चीनले भने अन्तेष्टी जस्तो समारोहमा आफना प्रतिनिधिमाथि लगाइएको रोकको भने बिरोध गरेको छ ।

चीनले भने बेलायतले शोकका बेला प्रतिशोध साँध्न खोजेको भन्दै आपत्ति जनाएको हो ।

Facebook Comments Box