निर्वाचन नजिकदै जादा चिनियाँ नेताकाे भ्रमण तीव्रता
काठमाडाैं ।प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति मंशीर ४ गते नजिकदै जांदा चिनियाँ नेता नेपाल भ्रमणमा तीव्रता दिएका छन ।
चीनको नेसनल पिपुल्स कंग्रेस (राष्ट्रिय जनकंग्रेस)का अध्यक्ष ली झान्सु एसियाली दुई मुलुकको भ्रमणका क्रममा २७ भदौमा नेपाल आउने भएका छन्।
अध्यक्ष लीले नेपाल र दक्षिण कोरियामा तीन–तीन दिन भ्रमण गर्ने कार्यक्रम छ। नेपालमा निर्वाचन घोषणा भएको तीन महिनाअघि चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको छ। अध्यक्ष लीले ३० भदौदेखि दक्षिण कोरियाको तीनदिने भ्रमण गर्ने भएका छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली आउन लागेका हुन्। उनी दक्षिण कोरियाका सभामुख किम जिन प्योको निमन्त्रणामा नेपालबाट कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले लीको भ्रमण पुष्टि गरिन्, तर थप बताउन चाहिनन्। चीनबाट कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख ली जियान्चाओले असार अन्तिम साता पाँचदिने नेपाल भ्रमण गरेका थिए।
नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेट गर्ने कार्यक्रम छ। उनकाे सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि बेग्लाबेग्लै भेटवार्ताको कार्यक्रम छ। चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन ३० असोजमा तोकिनुअघि लीको भ्रमण हुन लागेको हो।
