मधेसीलाई नागरिकता दिनुहुन्न भन्नेहरू ओरिजिनल राष्ट्रघाती हुन्’

सेयर गर्नुहोस

अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जिपी मैनालीले मधेसी नागरिकलाई नागरिकता दिनु राष्ट्रघात हो भन्नेहरू नै असली राष्ट्रघाती भएको आरोप लगाएका छन्। शनिबार अखिल(क्रान्तिकारी) नेसनल इन्जिनियरिङ कलेजद्वारा ताल्छिखेलमा आयोजित सम्मेलन तथा पुरस्कार वितरण कार्यक्रलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।

मधेसमा बस्ने एउटै देशका नागरिकलाई नागरिकताको स्वाभाविक हकबाट वञ्चित गरिनुले पटक-पटक मधेस विद्रोह निम्त्याएकोसमेत उनले बताए। ‘हिजो माओवादीले पछि पारिएका वर्ग, लिंग र क्षेत्रको अधिकारको कुरा गर्दा माओवादीलाई समाज भाँडेको आरोप लाउनेहरू र अहिले मधेसका जन्मसिद्ध नागरिकलाई समेत नागरिकता दिन हुन्न भनेर कथित राष्ट्रवादको ढोंग पिट्नेहरू एकै भएका छन्,’ उनले भने।

बन्दसत्र कार्यक्रमलाई सचिवहरू प्रसुन कार्की, नारायण बडाल र संगठन विभाग प्रमुख रोशन थापा मगरले प्रशिक्षण दिएको ११ओैँ सम्मेलनले प्रसिद्ध चौलागाईंको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरेको छ।

Facebook Comments Box