नामिबियाले दियाे नेपाललाई २ सय २१ रनकाे लक्ष्य

सेयर गर्नुहोस

काठमाण्डाै – आईसीसी विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाले नेपाललाई दुई सय २१ रनकाे लक्ष्य दिएकाे छ ।

स्कटल्यान्डकाे क्याम्बुस्दुन न्यु ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेकाे नामिबिया ४७ ओभर ३ बलमा दुई सय २० रनमा अलआउट भयाे । नामिबियाका लागि जेन निकाेल लफ्टी एटनले सर्वाधिक ६० रन बनाउँदा डिभान ल ककले ४१ र कप्तान गेरहार्ड इरासमसले २२ रन जाेडे ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५४ रन दिएर चार विकेट लिएका हुन् । यस्तै साेमपाल कामीले दुई विकेट लिँदा करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

शृङ्खलाकाे दाेस्राे खेलमा नेपालले जुलाई १३ मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियासँग जुलाई १६ र अन्तिम खेलमा स्कटल्यान्डसँग जुलाई १७ मा खेल्नेछ । त्रिदेशीय शृङ्खलाका लागि नेपाल स्कटल्यान्ड भ्रमणमा गएकाे हाे ।

Facebook Comments Box